नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको बयान पुःन आज पनि पनि लिईदै - Crazysaptahik.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको बयान पुःन आज पनि पनि लिईदै

क्रेजी संवाददाता
काठमाण्डौँ। लामो समय देखी चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार (आज) पनि लिइँदैछ।

उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो। पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो।

सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको हो।

प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिइसकेको थिएन। प्रहरीले खाणलाई पक्राउ गर्दा मोबाइल बरामद गरेको थियो।

मोबाइल बरामद गर्नुअघि खाणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका थिए।

त्यसपछि प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो।

आइतबार पनि उनलाई कार्यालयमा पु¥याइएको थियो।

बयान लिन अगावै खाणले सरकारी वकिल प्रमुख न्यौपानेलाई आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको जानकारी गराएका थिए।

‘आउँदा नै म स्वस्थ छैन भन्नुभएको थियो। पेटको समस्या छ भन्दै हुनुहुन्थ्यो,’ न्यौपानेले भने।

तैपनि आइसकेको हुँदा भने बयान दिने बताएका थिए। आइसकेको हुनाले गरौं भनेर सरकारी वकिलले अनुरोध पनि गरेको उनले बताए।

‘आएपछि सुरू चाहिँ गरौं भनेर गरिएको थियो। आज नगरौं पनि भन्नुभएको थियो। सुरू गरेपछि लामो समय बस्न सक्दिनँ भन्नुभयो त्यसपछि छाडेका थियौं,’ उनले भने। प्रहरीका अनुसार उनको जम्मा डेढ घण्टामात्रै बयान भएको हो।
आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारै बयान लिइएको थियो।

उनीहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँदैछ। बुधबार उनीहरूलाई पुनः अदालतमा उपस्थित गराएर म्याद थप गराउनुपर्ने हुन्छ।

उनीहरूमाथि प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको हो। जसअनुसार ६० दिनभित्रमा मुद्दा बुझाइसक्नुपर्छ। मिसिल अध्ययन गर्नुपर्ने भएकाले सरकारी वकिलले पनि प्रहरीलाई चाँडो अनुसन्धान सकाउन भनेको छ। चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान आज ५३ दिन पुगेको छ।

सम्बन्धित खवर