‘डाँडाको बरपिपल’मा सलोन र रुविनाको जोडी - Crazysaptahik.com

‘डाँडाको बरपिपल’मा सलोन र रुविनाको जोडी

फिल्म ‘डाँडाको बरपिपल’ निर्माण हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्न लागेका हुन् ।

फिल्ममा सलोन बस्नेत र रुविना थापाको मुख्य भुमिका रहने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराजलगायतको अभिनय समेत रहनेछ । पारिवारिक कथामा बन्ने लागेको फिल्मको २२ बैशाखबाट छायाँकन सुरु हुनेछ ।

सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहने फिल्मका रामजी राउतको मुख्य सहायक निर्देशन हुन् । ७५ दिनको छायाँकन तालिका बनाइएको फिल्म काठमाडौं, कालाबाङ, से फोक्सुण्डो तालमा छायाँकन हुने निर्देशक शोभितले बताए ।

सम्बन्धित खवर