यो बर्षको अस्कर अवार्डमा क्लोई झाओको निर्देशनमा तयार भएको ‘नोम्याडल्यान्ड’ले तिन मुख्य विधामा अवार्ड जितेको छ ।
यो चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक र नायिकातर्फको अवार्ड जितेको छ । क्लोई अस्करकै इतिहासमा अवार्ड जित्ने दोश्रो महिला निर्देशक हुन् ।
‘नोम्याडल्यान्ड’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी फ्रन्सेस म्याकडोनार्डले अस्करमा ह्याट्रिक गरेकी छिन् । उनले, यसअघि ‘फार्गो र थ्री बिलबोर्डस् आउटसाइड एबिङ मिसोरी’बाट विश्वकै प्रतिष्ठित अवार्ड जितिसकेकी थिइन् ।
कोरोना महामारीका कारण अमेरिकाको लसएन्जल्सका विभिन्न स्थानबाट यो अवार्ड वितरण गरिएको थियो । उत्कृष्ट नायकतर्फ भने ‘दि फादर’ चलचित्रबाट एन्थोनी हप्किन्सले अवार्ड जिेत ।