बलिउड अभिनेता रणधीर कपुरलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । स्रोतका अनुसार ७४ वर्षका रणधीर कोरोनाभाइरसद्वारा संक्रमित छन् ।
उनको स्थितिबारे खासै केही जानकारी छैन । कपुर परिवार आजकाल दिवंगत राजीव कपुर (रणधीरका कान्छा भाइ) को सम्पत्त विवादको विषयमा पनि चर्चामा छ ।
वास्तवमा, सम्बन्धविच्छेद भइसकेका राजिवको कुनै सन्तान छैन र उनको सम्पत्तिको विवाद अदालतमा छ । सोमबार बम्बे हाइकोर्टले रणधीर कपुर र रिमा जैनसँग अन्डरटेकिङ मागे जसमा उनले राजीवको डिभोर्स डिक्री खोजेर उपलब्ध गराइदिन भनेका छन् ।
करिना–करिश्माका पिता हुन् रणधीरः
रणधीर कपुर बलिउड नायिका करिश्मा कपुर र करिना कपुरका पिता हुन् । रणधीरले बलिउड अभिनेत्री बबितासँग सन् १९७१ मा विवाह गरेका थिए ।
पछि यी दुईको कुरा मिल्न सकेन र उनीहरु अलग बस्न थाले । यद्यपि, उनीहरुको हालसम्म सम्बन्धविच्छेद भने भएको छैन ।
१६ महिनामा तीन भाइ बहिनी गुमाएः
शोम्यानको नामले चर्चित राजकपुरका पाँच सन्तामध्ये तीनको निधन पछिल्लो १६ महिनामा भइसकेको छ । तीन दाजुभाइमध्ये रणधीर मात्रै बाँकी छन् । उनका माहिलो भाइ ऋषि कपुरको निधन सन् २०२० मा अप्रिल ३० मा भएको थियो ।
९ फेब्रुअरी २०२१ मा हृदयघातका कारण कान्छा भाइ राजीवको निधन भएको थियो । बहिनीहरुको कुरा गर्दा रिमा जैन मात्रै बाँकी छिन् । एक बहिनी रितु नन्दाको निधन १४ जनवरी २०२० मा दिल्लीमा भएको थियो । उनी क्यान्सरद्वारा पीडित थिइन् ।