गायक सुशान्तसँगको प्रेममा रमाउँदै आना ! - Crazysaptahik.com

गायक सुशान्तसँगको प्रेममा रमाउँदै आना !

‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा फिल्मसँगै निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । केही समयअघिसम्म उनी सोनम शेर्पासँग प्रेम सम्बन्धमा थिइन् । तर सोनम र आनाबीच अहिले ब्रेकअप भइसकेको छ । त्यसपछि आना सिंगल थिइन् ।

पुनः उनी ‘मिंगल’ भएको खबर छ । आना अहिले गायक सुशान्त केसीसँग अफेयरमा छिन् । यी दुवैले केही महिनादेखि डेट गरिरहेका छन् । सन् २०२२ को न्यु इयर सेलिब्रेसन गर्न आना र सुशान्त मुस्ताङ पुगेका थिए ।

जहाँ उनीहरुले रिलेसनसिपलाई गुपचुप राखे । प्रेम सम्बन्धलाई लुकाउन उनीहरुले एकै समयमा घुमघामका अलग तस्वीरहरु सेयर गरेका थिए । तर यो जोडी यतिबेला भने सँगै देखिएको छ ।

उनीहरु बिदा मनाउन अहिले पोखरामा छन् ।पोखराको हेम्जास्थित हाइग्राउन्ड एड्भेन्चरमा बिहीबार आना र सुशान्त जीपलाइनिङको मज्जा लिइरहेको बेला भेटिए । साथीहरुसँग त्यहाँ पुगेका उनीहरुले रमाइलो गरिरहेको देख्न सकिन्छ ।

केहीअघि आनालाई लिएर सुशान्तले बनाएको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो । जेरी फिल्मताका आना र अनमोल प्रेममा थिए । अनमोलको नाम साम्राज्ञीसँग जोडिएपछि आना एक्लिएकी थिइन् ।

अनमोलसँग छुटेपछि आना सोनमसँग जोडिएकी थिइन् । सन् २०१६ मा अष्ट्रेलियाबाट व्यापार शिक्षा पढेर स्वदेश फर्किएका सुशान्त अहिले संगीतमा व्यस्त छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.