कर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्मले दर्शकमा कौतूहलता सिर्जना गर्छ ।
लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु टिजरमा देखिएका छन् ।मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कर्मा पत्रकारको चरित्रमा प्रस्तुत छन् ।
एक हत्याको घटनाको यथार्थ पत्ता लगाउन उनले गर्ने खोज रिपोर्टिङ वरपर फिल्मको कथा घुम्छ । कोरोना महामारीका कारण रिलिजमा ढिलाइ भएको यो फिल्म अन्ततः प्रदर्शनको तयारीमा जुटेको हो ।