स्क्रिप्ट चोरीको मुद्दा दर्ता भएपछि ‘जर्सी’को रिलिज सरेको हो ? - Crazysaptahik.com

स्क्रिप्ट चोरीको मुद्दा दर्ता भएपछि ‘जर्सी’को रिलिज सरेको हो ?

‘कबीर सिंह’पछि बलिउड अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘जर्सी’ प्रतीक्षित बनेको छ । यही अप्रिल १४ मा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’सँगै रिलिज हुने तयारीमा रहेको फिल्म अब यसको एक सातापछि मात्रै फिल्म रिलिज हुनेछ ।

‘केजीएफ–२’को छायामा पर्ने डरले फिल्मको निर्माण पक्षले रिलिज पछाडि सारेको भनिएपनि अहिले नयाँ खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘जर्सी’का मेकर्सविरुद्ध स्क्रिप्ट चोरीको आरोप लागेको छ ।

आफ्नो स्क्रिप्ट चोरी गरेर फिल्ममा प्रयोग गरेको भन्दै निर्माताविरुद्ध लेखक रजनीश जैसवालले मुद्दा दर्ता गराएका छन् । यस मुद्दाका विषयमा मंगलबार मुम्बई उच्च अदालतमा सुनुवाइ हुँदैछ । मुद्दा दर्ता भएपछि ‘जर्सी’का निर्माताले फिल्मको रिलिज मिति एक हप्ता पछि सारेको बताइएको छ ।

‘जर्सी’ एक तेलुगू फिल्मको रिमेक हो । फिल्ममा शाहिद कपुरका साथ मृणाल ठाकुर र पंकज कपुरको पनि मुख्य भूमिका रहेको छ । गौतम तनुश्रीले निर्देशन गरेको फिल्म कोरोना महामारीका कारण पटकपटक रिलिज मिति सार्दै अहिले प्रदर्शनको तयारीमा छ ।

 

 

सम्बन्धित खवर