‘ब्लकबस्टर फिल्म अवार्ड’बाट फिल्मकर्मी सम्मानित - Crazysaptahik.com

‘ब्लकबस्टर फिल्म अवार्ड’बाट फिल्मकर्मी सम्मानित

‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड’बाट विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । काठमाडौंमा भएको अवार्ड समारोहमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, फिल्म निर्माता तथा निर्देशक दयाराम दाहाल र गायिका देविका बन्दनालाई रजत जयन्ती सम्मान प्रदान गरिएको छ ।

उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुरस्कार प्रदान गरे । यस्तै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङ र पूर्व खेलाडी तथा फिल्म ‘भकुण्डो’का निर्माता सुन्दर थापा क्षेत्रीलाई फुटबल विधाबाट सम्मान गरियो ।

यसैगरी कोरोना महामारीको समयमा पनि निर्माण भई प्रदर्शन भएका डेढ दर्जन फिलमलाई सम्मानपत्र प्रदान गरियो । जसमा वर्षको उत्कृष्ट व्यावसायिक फिल्मतर्फ ‘म यस्तो गीत गाउँछु २’बाट निर्देशक सुर्दन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा र वितरक करण श्रेष्ठले अवार्ड प्राप्त गरे ।

फिल्म ‘चुरीफुरी’ र ‘कठपुतली’लाई प्रोत्साहन सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । यसैगरी फिल्म वितरक कम्पनी एफडी कम्पनीका सुशील पोखरेल, हल व्यवसायी नरेन्द्र महर्जन, बस्नेत फिल्म स्टुडियोलाई पनि सम्मानपत्र प्रदान गरियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.