केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव - Crazysaptahik.com

केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव

अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ ।

केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए ।

तर प्रेम सम्बन्धलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् । मेहेन्दी उत्सवमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो ।

किन चल्यो विवाहको हल्ला ?

केकीको विवाहको खबरले बुधबार दिनभर फिल्म क्षेत्र तातियो । उनले गुपचुप विवाह गरेको खबर समेत बाहिरियो, तर त्यसको पुष्टि गर्ने आधार भने थिएन । केकीका नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नभएको बताएका थिए ।

केकीका नजिकका साथी मानिने अभिनेत्री बेनिशा हमाल, ऋचा शर्मा र निर्देशक विशाल भण्डारीले केकीले विवाह गरेको विषयमा अनभिज्ञता प्रकट गरे । बेनिशाले भनिन्, ‘केकीको बिहेबारे मलाई थाहा नहुने कुरै हुँदैन ।

मलाई थाहा नदिई त कसरी बिहे गरिन् होला र ? यो कुरामा सत्यता छैन ।’ यस्तै निर्देशक विशाल र अर्की अभिनेत्री ऋचाले पनि केकीले विवाह गरेको हल्ला सुनेको तर सत्य नभएको बताएका थिए ।

यद्यपि केकीले सामान्य तरिकाले विवाह गर्ने कुरा भने पहिलेदेखि नै बताउने गरेको विशालले बताएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.