करिश्माले फेसबुक पेजमै प्रवेश गराइन् ‘सूर्यकुमारी’लाई ! - Crazysaptahik.com

करिश्माले फेसबुक पेजमै प्रवेश गराइन् ‘सूर्यकुमारी’लाई !

केही समयअघि बुटवलमा नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले आफ्नो नाम सूर्यकुमारी भएको बताएकी थिइन् । आफ्नो नाम एमाले चुनाव चिन्हसँग मिलेको प्रसंग निकाल्दै उनले न्वारनको नाम सूर्यकुमारी भएको बताएकी थिइन् ।

करिश्मा यो भाषणपछि सामाजिक सञ्जालमा थप भाइरल बनिन् । कतिपयले नामकै कारण उनलाई ट्रोल समेत गरे । टाइमलाइनमा व्यापक चर्चा भएपछि करिश्माले पुनः आफ्नो नामले पोलेको भन्दै आलोचकलाई जवाफ दिइन् ।

करिश्माको सूर्यकुमारी नामप्रतिको मोह अब भाषणमा मात्र सीमित रहेन । उनले सामाजिक सञ्जालमै यो नामलाई प्रवेश गराइदिएकी छन् । ३ लाख ७६ हजार फलोअर्स भएको आफ्नो फेसबुक पेजको नाम ‘करिश्मा मानन्धर : सूर्य कुमारी’ राखेकी छन् ।

अनि त्यो पेजलाई फेसबुकले भेरिफाइड समेत गरिदिएको छ । बुटवल सभाको केही दिनअघि मात्र एमाले प्रवेश गरेकी करिश्माले पार्टीको सिद्धान्त मन परेरै आफू प्रवेश गरेको बताएकी थिइन् । करिश्माको नामप्रतिको यो मोह एमालेको चुनाव चिन्हसँगको आकर्षण हो वा संयोग मात्र ? यो जान्नु रोचक हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.