फिल्म साउथ एसियामा छानियो ‘उर्मि’ - Crazysaptahik.com

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवन कथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’ मा छानिएको छ ।

समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन् ।

तीन दशकदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई निर्देशक प्रणय लिम्बुले फिल्ममा उतारेका हुन् । रविन गिरीको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्ममा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र स्व.उत्तरकुमार राईलाई प्रस्तुत गरिएको छ ।

दिपक बज्राचार्यको छायाँकन र चन्दन दत्तको सम्पादन रहेको ‘उर्मि’ सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल, पवन घिमिरे, डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजित सुब्बा, जगत अम्बु गुरुङ र स्व.किसन राईले निर्माण गरेका हुन् ।

फिल्मको कथाले नयाँ पुस्तालाई समाजका लागि केही गर्न प्रेरणा दिने विश्वास लिएको निर्देशक प्रणय लिम्बुले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.