हनिमुन मनाउन वर्षा पोखरामा - Crazysaptahik.com

हनिमुन मनाउन वर्षा पोखरामा

हनिमुन सिजन सुरु भएको छ र नवविवाहित सेलिब्रिटी मधुमास मुडमा देखिएका छन् । शुक्रबार लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन तालनगरी पोखरा निस्किएकी छन् ।

इन्स्टाग्राम स्टोरीमार्फत वर्षाले हनिमुनका लागि आफू पोखरामा रहेको जनाएकी छन् । गुलाब र बेलुनले सजिएको बेडको तस्वीर सेयर गर्दै उनले पोखरा ‘चेकइन’ गरेकी छन् ।

पति आशिष गेलालसँग वर्षा आइतबार पोखरा उडेकी हुन् ।  वर्षाले किस्ता–किस्तामा आफ्नो विवाहका भिडियो र तस्वीर सेयर गरिरहेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.