नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् ।
शुक्रबार रावत र निर्माण कम्पनीबीच भर्चुअल सम्झौता भएको छ । ‘भोजपुरी फिल्म माही गर्दादेखि नै उहाँसँग राम्रो सम्बन्ध भएकाले अप्रोचमा सजिलो भयो,’ नीताले , ‘स्क्रिप्ट लेखनदेखि नै हामीले उहाँलाई नै सोचेका थियौं ।’
फिल्ममा नेगेटिभ र पोजेटिभ दुवै भूमिकामा अभिनेता रावतलाई देख्न सकिने नीताले बताइन् ।मंगलबार एक चर्चित दक्षिण भारतीय अभिनेतालाई समेत फिल्ममा अनुबन्धित गर्ने तयारी रहेको नीताले जानकारी दिइन् ।
बलिउड, तेलुगू र तामिल फिल्मका चर्चित नाम समेत रहेका रावतले चर्चित हिन्दू सिरियल महाभारतमा अस्वस्थामा चरित्रको भूमिका पनि निर्वाह गरेका थिए ।
चर्चित हिन्दी फिल्म सरफरोस, लगान, गजनीमा समेत उनको मूख्य भूमिका छ । फिल्ममा यसअघि चर्चित बलिउड छायांकार कविर लाल अनुबन्धित भइसकेका छन् ।
फिल्ममा अहिलेसम्म रावतसहित कलाकारको रुपमा नीता, सलोन बस्नेत र हरिहर अधिकारी फाइनल छन् । असारदेखि फिल्म छायांकन सुरु हुने निर्मात्री नीताले बताइन् ।