‘छड्के २’को अडिसन सुरु, सौगात र नम्रताको होला निरन्तरता ? - Crazysaptahik.com

‘छड्के २’को अडिसन सुरु, सौगात र नम्रताको होला निरन्तरता ?

आगामी असारदेखि ‘छड्के २’को छायांकन सुरु हुने भएको छ । सन् २०१३ को चर्चित फिल्मको दोस्रो श्रृंखलाले मंगलबार अडिसन आह्वान गरेको छ । भरतपुरस्थित निर्वाणा स्कुलमा अडिसन डाकिएको हो ।

वैशाख १८ देखि २१ गतेसम्म हुने अडिसनमा मार्सल आर्ट्स कला भएकालाई प्राथमिकता दिइने जनाइएको छ । गत दशैंमा रिलिज मिति तोकिएको फिल्मले बल्ल निर्माणको सुरसार थालेको हो । निगम श्रेष्ठले निर्देशन गर्ने फिल्मको पटकथा पनि उनी स्वयंले लेखेका छन् ।

‘फिल्मको प्रि–प्रोडक्सन सकिएको छ र अब अडिसन हुँदै चुनावपछि छायांकनमा जाने तयारीमा छौं,’ अडिसनमा सहभागी एक सदस्यले अनलाइनखबरलाई भने । कलाकारलाई लिएर सिक्वेल बनाउन लागिएको जनाइएको छ ।

अघिल्लो भागका कलाकारहरु सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, विपिन कार्कीले निरन्तरता पाउने वा नपाउने खुलाइएको छैन । अभिनेता कार्कीले आफूसँग सिक्वेललाई लिएर कुरा नभएको बताए । अघिल्लो सिरिजका निर्माताहरु नरेन्द्र महर्जन र माधव वाग्लेबिनै नेगेटिभ बुद्ध कम्पनीले फिल्म बनाउन लागेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.