साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको मुद्दा - Crazysaptahik.com

साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको मुद्दा

मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ । एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ । प्रहरीका अनुसार महिलाले विजयले कोच्ची जाने क्रममा विमानमा समेत यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । अप्रिल २२ मा दर्ता भएको मुद्दाबारे अनुसन्धान प्रक्रिया भने खासै अगाडि नबढेको बताइएको छ ।

 

सम्बन्धित खवर