अमिषा पटेलविरुद्ध ठगीको मुद्दा - Crazysaptahik.com

अमिषा पटेलविरुद्ध ठगीको मुद्दा

‘गदर एक प्रेम कथा’ जस्ता हिट फिल्ममा गम्भीर भूमिकाबाट प्रशंसा पाएकी अभिनेत्री अमिषा पटेललाई लिएर मध्यप्रदेशमा निकै हंगामा भएको छ । अमिषा पटेललाई खण्डवामा नवचण्डी महोत्सव मेलाको समापनको अवसरमा आयोजना गरिएको स्टार नाइटमा प्रस्तुति दिन बोलाइएको थियो।

यस शोको लागि अमिषाले करिब पाँच लाख रुपैयाँ शुल्क लिएकी थिइन् । तर कार्यक्रममा उनले तीन मिनेट मात्रै प्रस्तुति दिइन् । यसपछि दर्शकले हंगामा मच्चाए । आयोजकले अमिषा पटेललाई कार्यक्रम गर्न आग्रह गरे पनि उनी कार्यक्रम छाडेर हिँडिन् ।

सोही विषयमा उनीविरुद्ध ठगीको मुद्दा दायर भएको छ । यता अमिषा पटेलले भने आफ्नो ज्यान खतरामा परेकोले शो पूरा गर्न नसकेको दाबी गरेकी छन् ।

सम्बन्धित खवर