चर्चामा थानेश्वरको गजल ‘बेचेर सपना’ - Crazysaptahik.com

चर्चामा थानेश्वरको गजल ‘बेचेर सपना’

पछिल्लो समय लोकलयमा आधारित गीतको बाढी नै आएको छ । यस्तो अवस्थामा पनि केही गजल तथा शास्त्रीय गीतले भने बजार तताउन सफल भइरहेको देख्न सकिन्छ । यस्तैमा गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गजल ‘बेचेर सपना’ ले पनि बजारमा राम्रो चर्चा पाउन सफल भएको छ ।

गजलले सामाजिक सञ्जाल, टिकटकदेखि युट्युबको ट्रेन्डिङका समेत ओगट्न सफल छ ।श्रीभक्त पौडेल (आफन्त) को शब्द रहेको थानेश्वर गौतमकै संगीत र विनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका छन् । भिडियोमा पुष्प खड्का, सुशीला थापा, स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी लगायतको अभिनय देख्न सकिन्छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियोमा बान्डे प्रसादको सम्पादन छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.