‘ज्याकी : आईएम ट्वान्टी वान’को गीत ‘योद्धा’ सार्वजनिक - Crazysaptahik.com

‘ज्याकी : आईएम ट्वान्टी वान’को गीत ‘योद्धा’ सार्वजनिक

 


आगामी वैशाख २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको डान्स ड्रामा फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’को नयाँ गीत ‘योद्धा’ रिलिज भएको छ । गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ ।

सार्वजनिक गीतमा अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् । प्रेममा धोका खाएको जोडीले नृत्यमार्फत अभिव्यक्ति गरेको क्रोध र संवेदना गीतमा प्रस्तुत छ । भिडियोमा धीरज र जसिताको पात्रको ब्रेकअपपछिको मुडलाई दर्शाउने प्रयत्न गरिएको छ ।

गीतमा अहिलेका चर्चित ¥यापर युनिक पोएटले  प्रस्तुत गरेका छन् । युवापुस्तामा यो गीत लोकप्रिय हुने विश्वास निर्माणपक्षको छ । गीतको भिडियोकै लागि पनि दुई मुख्य कलाकारले गरेको मिहिनेत प्रशंसनीय छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । सोमनाथ खनाल र रेनशा राई रानाको यो फिल्ममा संवाद छ । फिल्ममा प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।

रेनशा राईको निर्देशनमा तयार भएको फिल्मलाई आइकोर फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफीमा फिल्मका सबै गीतको भिडियो तयार पारिएको छ । वैशाखको १ गते ट्रेलर सार्वजनिक हुँदैछ ।

सम्बन्धित खवर