‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड भारत भ्रमणमा - Crazysaptahik.com

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड भारत भ्रमणमा

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड आफूहरुको पहिलो भारत भ्रमणको सिलसिलामा बिहीबार मुम्बई पुगेका छन् । स्थानीय कालिन विमानस्थलमा देखिएपछि उनीहरुको तस्वीर इन्टरनेटमा भाइरल बनिरहेको छ ।

एयरपोर्टबाट बाहिरिंदा जेन्डाया मुस्कुराएकी थिइन् । टमलाई उनको कारतिर हिंडिरहेको देखियो । उनीहरु क्याजुअल पोशाकमा सजिएका थिए । जेन्डाया सेतो टिसर्ट, प्यान्ट र कालो ज्याकेटमा देखिएकी थिइन् ।

चश्मा लगाएकी उनले झोला पनि बोकेकी थिइन् । हल्याण्डले गुलाबी टिसर्ट, निलो डेनिम र कालो ज्याकेट लगाएका थिए । उनीसँग झोला पनि थियो र टोपी पनि । विमानस्थलमा दुवै जनाले एउटै गाडीमा चढे ।

फ्यानले सामाजिक सञ्जालमा टिप्पणी पोस्ट गरेका छन् । इन्स्टाग्राममा एक भिडियोमा प्रतिक्रिया दिंदै एक प्रशंसकले सोधे, ‘के उनीहरू भारतमा विवाहको स्थान खोज्दै छन् ?’ अर्का व्यक्ति लेख्छन्, ‘उनीहरू साधारण पोशाकमा आएका छन् ।’

‘अन्ततः स्पाइडरम्यान भारतमा आइपुगेका छन्,’ अर्का एक प्रयोगकर्ता लेख्छन् । जेन्डाया र टम नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका लागि मुम्बई पुगेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ । यो कार्यक्रम यसै सप्ताहन्त मुम्बईमा हुनेछ ।

जेन्डायाले उनको दाहिने औंलामा सुनको औंठी लगाएको देखिएको छ, जुन उनको प्रेमी टमको अक्षर आकारमा कुँदिएको देखिन्छ । उनकी नेल आर्टिस्ट मारिना डोबिकले जेन्डायाको चमकदार गुलाबी मेनीक्योरको क्लोज–अप भिडियो पोस्ट गरेकी छन्, जसमा औंठी स्पष्ट देखिएको छ ।

सन् २०१६ मा रिलिज भएको फिल्म ‘स्पाइडरम्यान ः होमकमिङ’को छायांकन सेटबाट यी दुईबीच प्रेम मौलाएको अनुमान छ । मार्वल ट्रियोलजीमा यो उनीहरुको पहिलो फिल्म थियो ।‘उनीहरूले सम्बन्धलाई गोप्य र सार्वजनिक नजरबाट बाहिर राख्न सावधानी अपनाएका छन् ।

उनीहरु धेरैपटक बिदामा घुम्न गएका छन् । सकेसम्म एकअर्कासँग धेरै समय बिताउने प्रयास पनि गरेका छन्,’ केही मिडियाले लेखेका छन् ।

सम्बन्धित खवर