आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति - Crazysaptahik.com

आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उद्घाटन समारोहमा बलिउड अभिनेत्री तमन्ना भाटिया र अरिजीत सिंहले प्रस्तुति दिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिएको जानकारी अनुसार ३१ मार्चमा गुजरात र चेन्नईबीचको पहिलो खेलअघि साँझ ६ बजे उद्घाटन समारोह सुरु हुनेछ ।

सन् २०१८ पछि पहिलोपटक आईपीएलमा उद्घाटन समारोह हुन लागेको हो । सन् २०१९ मा आईपीएलको उद्घाटन समारोह रद्द गरिएको थियो । १४ फेब्रुअरीमा भएको पुलवामा हमलामा सहिद भएका सुरक्षाकर्मीको परिवारका लागि उद्घाटन समारोहको रकम सहयोग गरिएको थियो ।

त्यसपछि कोरोना महामारीका कारण उद्घाटन समारोह हुन सकेन । यसअघि आईपीएलको उद्घाटन समारोहमा बलिउड अभिनेता शाहरुख खान, सलमान खान र अमेरिकी गायक पिटबुलदेखि कटरिना कैफ, करिना कपुर र दीपिका पादुकोणसम्मले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

पछिल्लोपटक सन् २०१८ मा मुम्बईको वानखडे स्टेडियममा भएको आईपीएलको उद्घाटन समारोहमा ऋतिक रोशन र ज्याकलिन फर्नान्डेजले प्रस्तुति दिएका थिए । यसको साथै गायक मिका सिंह र कोरियोग्राफर प्रभुदेवाले पनि प्रस्तुति दिएका थिए ।

सम्बन्धित खवर