पञ्जाबमा भएको थियो परिणीति र राघवको पहिलो भेट - Crazysaptahik.com

पञ्जाबमा भएको थियो परिणीति र राघवको पहिलो भेट

अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढाको सम्बन्ध यतिबेला चर्चामा छ । हालै अभिनेता तथा गायक हार्डी सन्धुले पनि दुवै सम्बन्धनमा रहेको पुष्टि गरेका छन् । यसै क्रममा खबरहरू आइरहेका छन् परिणीति चोपडा र राघवको भेट कलेजका दिनमा नभई सुटिङका ​​क्रममा भएको थियो ।

ईटाइम्सको रिपोर्टका अनुसार परिणितीले राघवलाई पञ्जाबमा पहिलो पटक भेटेकी थिइन् । त्यतिबेला उनी त्यहाँ फिल्मको सुटिङमा थिइन् । करिब ६ महिनादेखि दुवै सँगै रहेको बताइएको छ । यो सम्बन्ध विवाहसम्म पुगेको छ ।

परिणीति राघवले आफ्नो सम्बन्धको बारेमा केही नभने पनि उनीहरुसँग जोडिएका धेरैले यो सम्बन्धलाई पुष्टि गरेका छन् । यसै क्रममा आप सांसद सञ्जीव अरोराले पनि दुबैलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

सम्बन्ध र इन्गेजमेन्टको अफवाहका बीच परिणिती चोपडाकी दिदी प्रियंका पनि पति निक जोनस र छोरी मालतीसँग मुम्बई पुगेकी छिन् । प्रियंकाले आफ्नो आगामी फिल्म सिटाडेलको प्रमोशन भारतमा गर्ने बताइएको छ । यससँगै उनले राघव र परिणितीसँग पनि भेट गर्नेछिन् ।

सम्बन्धित खवर