ब्रह्मास्त्र २ र ३ को एकैसाथ सुटिङ हुने - Crazysaptahik.com

ब्रह्मास्त्र २ र ३ को एकैसाथ सुटिङ हुने

हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताएका हुन् ।

उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए ।मिडियासँग कुरा गर्दै अयानले भने, ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ सँगै छायांकन गर्नेछौँ ।

यसपटक फिल्म लेख्न अझै समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ । मलाई थाहा छ यस पटक फिल्मबाट दर्शकको ठुलो अपेक्षा छ । फिल्मको दोस्रो भाग जतिसक्दो चाँडो रिलिज होस् भन्ने जनता चाहन्छन् तर यसपटक पहिलाभन्दा राम्रो लेख्छु भन्ने सोचेको छु ।

मलाई लाग्छ करिब तीन वर्षपछि हामी ‘ब्रह्मास्त्र २’ ठुलो पर्दामा देख्नेछौँ ।’ अयानले थपे, ‘मलाई लाग्छ ‘ब्रह्मास्त्र’मा केही गल्तीहरू थिए ।

फिल्मलाई लिएर हामीले मिश्रित प्रतिक्रिया पाएका छौँ । तैपनि हामीले धेरै राम्रो नम्बर पायौँ, धेरैले हाम्रो फिल्म मन पराए।’ यसबाहेक, फिल्मले स्ट्रिमिङ प्लेटफर्ममा पनि राम्रो प्रदर्शन गरेको छ। ‘ब्रह्मास्त्र’ सन् २०२२ को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो ।

सम्बन्धित खवर