‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ - Crazysaptahik.com

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ

‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको ठूलो धनराशी रहेका २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठ अनुवन्धित भएका छन् ।

अमेरिकामा सेटलमेन्ट गरिएका भुटानी शरणार्थी समुदायको संस्था इन्ट्रा नेपालले केही बर्षदेखि यी दुइवटा रियालिटी शो गरिरहेको छ । इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभालाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’को अडिसन गरिरहेको छ ।

यी दुबै रियालिटी शोको विजेताले १\१ करोड रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने बताइएको छ ।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितीमा नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले निर्णायक मण्डललाई स्वागत गरेका थिए ।काठमाडौंमा अहिले ‘मेरो भ्वाइस यूनिभर्स’को साइटलेस अडिसन सुरु भएको छ ।

यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् । यस्तै, कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गर्ने भएका छन् ।

सम्बन्धित खवर