अम्बानीको निम्तोमा विश्व फिल्म स्टारहरु मुम्बईमा, जेन्डाया र गिगी हदिद सारीमा देखिए - Crazysaptahik.com

अम्बानीको निम्तोमा विश्व फिल्म स्टारहरु मुम्बईमा, जेन्डाया र गिगी हदिद सारीमा देखिए

भारतीय अर्बपति मुकेश अम्बानीको निम्तोमा हलिउड तथा बलिउड स्टारहरु यतिबेला भारतमा भेला भएका छन् । अम्बानी परिवारले स्थापना गरेको नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका लागि कलाकारहरु मुम्बईमा भेला भएका हुन् ।

भारतीय फिल्म स्टारहरु, राजनीतिज्ञदेखि हलिउड मोडल र कलाकार पनि मुम्बईमा छन् । विश्वचर्चित हलिउड सुपरहिरो फिल्म स्पाइडरम्यानको जोडी टम हल्याण्ड र जेन्डायादेखि सुपरमोडल गिगी हदिद पनि उद्घाटन समारोहमा उपस्थित भए ।

जेन्डाया र गिगी सारी लगाएर समारोहमा उपस्थित भए । जेन्डाया गाढा निलो सारीमा आकर्षक देखिएकी थिइन् । फेसन स्टाइलिस्ट ल रोच पनि गालाको लागि त्यहाँ पुगेको देखियो ।अभिनेता टम हल्यान्ड गालाको लागि कालो पहिरनमा उपयुक्त थिए ।

सेतो शर्ट, कालो ब्लेजर, मिल्दो बाउटी र औपचारिक प्यान्टमा उनी ड्यापर देखिन्थे । गिगी हदिदले सेतो र सुनौलो सारी लगाएकी थिइन् । कार्यक्रममा सहभागी हुन ग्लोबल स्टार प्रियंका चोपडा पनि परिवारसहित भारत पुगेकी छन् ।

कार्यक्रममा दीपिका पादुकोण, रणवीर सिंह, सोनम कपूर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, सचिन तेन्दुलकर, सलमान खान, अनुष्का डान्डेकर, नीतु कपूर, अनन्त अम्बानी, श्लोका अम्बानी, नीता अम्बानीलगायत व्यक्ति उपस्थित रहे ।

सम्बन्धित खवर