भ्वाइस किड्स नेपालमा ब्याटल राउण्ड अर्को सातादेखि, चार कोचको ‘ड्रिम टिम’ तयार - Crazysaptahik.com

भ्वाइस किड्स नेपालमा ब्याटल राउण्ड अर्को सातादेखि, चार कोचको ‘ड्रिम टिम’ तयार

टेलिभिजन रियालिटी शो भ्वाइस किड्स नेपालको ब्लाइण्ड अडिसन शनिबार पुरा भएको छ । आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ ।चारजना कोचमा १२÷१२ जना प्रतिस्पर्धी अटाएका छन् ।

ब्लाइण्ड अडिसनको अन्तिम दिन शनिबार निकै रोचक रह्यो । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्डै अझै रोचक हुने अनुमान गरिएको छ । शोको कोचमा प्रमोद खरेल, मिलन नेवार, सुशान्त केसी र प्रविशा अधिकारी छन् ।

खासमा भन्दा भ्वाइसको संरचना नै कोचबीचको प्रतिस्पर्धा समेत हो जसले गर्दा कोचबीच राम्रा ट्यालेन्टलाई भित्राउन होड चल्ने गर्छ । भ्वाइस किड्स नेपाल हिमालय टेलिभिजन एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर