शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो चुम्बन प्रकरणमा अदालतबाट राहत - Crazysaptahik.com

शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो चुम्बन प्रकरणमा अदालतबाट राहत

बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो एक ‘अश्लील’ चुम्बन प्रकरणमा अदालतबाट राहत मिलेको छ । मुम्बई सेसन कोर्टले सोमबार सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरे र शिल्पाबीच भएको चुम्बन प्रकरणमा सफाइ दिने अदालती आदेशविरुद्ध दायर याचिकालाई खारेज गरिदिएको छ ।

अभिनेता गेरेले एक सार्वजनिक कार्यक्रमको स्टेजमा शेट्टीलाई सबैको अगाडि चुम्बन गरेका थिए । त्यसपछि शेट्टीविरुद्ध मुद्दा दर्ता भएको थियो । अतिरिक्त सेसन न्यायाधीश एससी जाधवले सफाइ दिने अदालतको आदेशविद्धको निवेदनलाई खारेज गरेका हुन् ।

यो आदेशको पूर्णपाठ भने आउन बाँकी छ । सार्वजनिक कार्यक्रममा चुम्बन गर्ने यो घटना १६ वर्ष पुरानो हो, जुन १५ अप्रिल सन् २००७ मा राजस्थानमा आयोजित एड्स सचेतना कार्यक्रममा भएको थियो ।

अभिनेता गेरेले स्टेजमा सबैका अगाडि शेट्टीलाई चुम्बन गरेका थिए । त्यसपछि भारतका धेरै ठाउँबाट घटनाविरुद्ध आवाज उठेको थियो । मानिसले यसलाई अश्लील र देशको संस्कृतिको अपमान भएको भन्दै विरोध गरेका थिए ।

गेरे र शेट्टीविरुद्ध राजस्थानमा भारतीय दण्ड संहिता (आईपीसी) र सूचना प्रविधि ऐनको विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । सन् २०१७ मा सर्वोच्च अदालतको आदेशमा मुद्दा मुम्बईमा सारिएको थियो ।

जनवरी २०२२ मा म्याजिस्ट्रेट अदालतले शेट्टीलाई आरोपबाट सफाइ दियो । उनी अभिनेता गेरेको कार्यको सिकार भएको अदालतको फैसला थियो ।

सम्बन्धित खवर