फिल्म ‘बहाव’को गीत ‘बहाव यी मनका’ सार्वजनिक - Crazysaptahik.com

फिल्म ‘बहाव’को गीत ‘बहाव यी मनका’ सार्वजनिक

आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक भएको छ । शीर्ष कलाकारहरु सुरक्षा पन्त र कमलमणि नेपाल फिचर्ड गीत ‘बहाव यी मनका’ सोमबार रिलिज भएको हो ।

गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ । गीतमा फिल्मका प्रमुख पात्रहरूको भावनालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।

गीतमार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव व्यक्त गरिएको छ । गीतमार्फत परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबीचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ ।

गीतबारे संगीतकार सापकोटाले भने, ‘यो एउटा अप्रत्यासित तवरले बनाइएको गीत हो । यो गीतले दर्शक र श्रोतालाई माया भावसँगैको बहावसँग वियोगान्तसम्म पुयाउँछ ।’ गायक चौलागाईं भन्छन्, ‘मानिसहरूको अन्तर मनभित्रको वेदनाहरू र जिन्दगीसँग निस्सासिएको एक व्यक्तिको मनभित्रको बहावलाई यो गीतमार्फत व्यक्त गर्न खोजिएको गीत हो ।

मैले गीत गाउँदा शब्दको भावमै डुबेर गाएको थिएँ ।’ स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

निर्माता श्रीधर पौडेल हुन् । पौडेलले आफ्नो स्वतन्त्रता आफैंमा कैद गर्नेहरूका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताएका छन् । फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ ।

सम्बन्धित खवर