आयन मुखर्जीले घोषणा गरे ‘ब्रह्मास्त्र’को दोस्रो र तेस्रो सिक्वेल - Crazysaptahik.com

आयन मुखर्जीले घोषणा गरे ‘ब्रह्मास्त्र’को दोस्रो र तेस्रो सिक्वेल

फिल्म ‘ब्रह्मास्त्र’को पहिलो भागको सफलतापछि बलिउड निर्देशक आयन मुखर्जीले दोस्रो र तेस्रो भागको घोषणा गरेका छन् । घोषित टाइमलाइनअनुसार फिल्मको दोस्रो भाग सन् २०२६ र तेस्रो भाग २०२७ मा रिलिज हुनेछ ।

स्टार स्टुडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र आयन मुखर्जीले मिलेर फिल्म निर्माण गर्दैछन् । फिल्मको घोषणा गर्दै निर्देशक मुखर्जी लेख्छन्, ‘समय आएको छ, ब्रह्मास्त्र ट्रियोलजी, एस्ट्राभर्स, र मेरो जीवनबारे केही अपडेट गर्ने ।

भाग एकमा सबैको माया र प्रतिक्रियालाई आत्मसात गरेपछि म भाग दुई र भाग तीनको लागि भिजन सिर्जना गर्नमा केन्द्रित भएको छु । मलाई अहिले थाहा छ कि भाग एकभन्दा ठूलो र अधिक महत्वाकांक्षी हुनेछ ।’

ब्रह्मास्त्रले विश्वव्यापी ४३१ करोड भारु (५४ मिलियन अमेरिकी डलर) कमाइ गरेको थियो । यो फिल्म सन् २०२२ मा धेरै कमाउने हिन्दी फिल्म समेत थियो । यो फिल्मलाई अहिलेसम्मकै धेरै कमाउने २० औं बलिउड फिल्म बताइएको छ ।

सम्बन्धित खवर