छोरी–बुहारीमा के फरक छ ? करिनाको प्रश्नमा सासू शर्मिला टेगोरले दिइन् यस्तो जवाफ - Crazysaptahik.com

छोरी–बुहारीमा के फरक छ ? करिनाको प्रश्नमा सासू शर्मिला टेगोरले दिइन् यस्तो जवाफ

बलिउड अभिनेत्री करिना कपुर उत्कृष्ट आमा हुनुका साथै राम्री बुहारी पनि हुन् । उनको आफ्नी सासू शर्मिला टेगोरसँग निकै राम्रो सम्बन्ध छ ।

करिना आफ्नी सासूको निकै तारिफ गर्छिन् । यस्तै, शर्मिलाको पनि बुहारीसँग ‘कूल’ सम्बन्ध छ । यी दुईबीचको विशेष सम्बन्ध नायिकाको रेडियो शो ‘ह्वाट वुमन वान्ट’ मा देखिएको थियो ।

छोरी–बुहारीमा के फरक छ ?

शर्मिला आफ्नी बुहारी करिनाको शोमा पाहुना बनेर उपस्थित भएकी थिइन् । यहाँ उनलाई थुप्रै रमाइलो प्रश्न सोधिएको थियो । यसलाई दिग्गज अभिनेत्रीले शानदार तरिकाले जवाफ दिएकी छिन् ।

उनले भनेकी थिइन्, ‘छोरी ती हुन् जोसँग तपाईं हुर्किनुहुन्छ । त्यसैले तपाईंलाई उनको स्वभावबारे राम्रोसँग थाहा हुन्छ । उनलाई के कुरामा रिस उठ्छ भन्ने कुरा तपाईंलाई थाहा हुन्छ । यस्तो अवस्थामा कसरी व्यवहार गर्ने भन्ने पनि तपाईंले बुझ्नुभएको हुन्छ ।

तर बुहारीलाई उनी वयस्क भइसकेपछि मात्रै भेट्नुहुन्छ ।’‘तपाईंलाई उनको स्वभावबारे थाहा हुँदैन । त्यसैले उनीसँग घुलमिल हुन थोरै समय लाग्नेछ । एक नयाँ महिला, तपाईंकी बुहारी, तपाईंको घरमा आउँछिन् ।

उनलाई तपाईंले राम्रोसँग स्वागत गर्नुपर्छ । उनलाई सहज महसुस गराउनुपर्छ । यदि उनलाई विशेष तरिकाको खाना मनपर्छ भने त्यसबारे विशेष ख्याल राख्नुपर्छ ।’

शर्मिलाको जवाफको चौतर्फी तारिफ

शर्मिलाले थपेकी थिइन्, ‘नयाँ सम्बन्धमा धेरै दखल पनि दिनु हुँदैन । आमाले आफ्ना छोरा–बुहारीलाई स्पेस दिनुपर्छ । उनीहरुको सम्बन्ध अघि बढाउन स्पेस दिनुपर्छ ।

सासूले छोरा–बुहारीको सम्बन्धमा हावी हुने कोसिस गर्नुहुँदैन । ’शर्मिलाको यो जवाफको प्रयोगकर्ताले तारिफ गरेका थिए । करिना र सैफ धेरैजसो पारिवारिक जमघटको आयोजना गरिरहन्छन् ।

जहाँ पूरा परिवार सँगै बसेर रमाइलो गर्ने गर्छन् । शर्मिला र करिनाको भेट हुँदा उनीहरू बीचको प्रेम स्पष्ट देख्न सकिन्छ । शर्मिलाको खुला विचार र जीवन प्रति उनको दृष्टिकोणको करिनाले थुप्रै पटक तारिफ गरिसकेकी छिन् ।

सासू बुहारी एक अर्काको निकै नजिक छन् । शर्मिला टेगोरको कामको कुरा गर्नुपर्दा उनलाई पछिल्लो पटक फिल्म गुलमोहरमा देखिएको थियो ।

सम्बन्धित खवर