चलचित्र सेन्सर बोर्डमा तीन सदस्य नियुक्त - Crazysaptahik.com

चलचित्र सेन्सर बोर्डमा तीन सदस्य नियुक्त

निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगर चलचित्र सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र जाँच समितिको रिक्त तीन सदस्यमा खड्का, आचार्य र पुन नियुक्त गरेको हो ।

आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदको नियुक्त गरिएको हो । उनीहरुको कार्यकाल दुई वर्षको हुने मन्त्रालयले जनाएको छ ।

खड्का र आचार्य फिल्म निर्देशनमा सक्रिय छन् भने गायिका पुन अखिल नेपाल जनसांस्कृतिक महासंघको सचिवालय सदस्य र पूर्वी रुकुम निवासी हुन् ।सेन्सर बोर्डको नेतृत्व मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले गरिरहेका छन् ।

सम्बन्धित खवर