‘फाटेको जुत्ता खै’को निर्मातामा अष्ट्रेलियाबाट देव कार्की पनि जोडिए - Crazysaptahik.com

‘फाटेको जुत्ता खै’को निर्मातामा अष्ट्रेलियाबाट देव कार्की पनि जोडिए

अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै’ छायांकनमा जाने तयारीमा छ । आगामी वैशाखदेखि फिल्मलाई छायांकनमा लैजाने तयारीमा निर्माता जुटेका छन् । दुबईमा हालै आयोजित नेपाल सिनेमा फेस्टको क्रममा घोषणा गरिएको यो फिल्मलाई आगामी कात्तिक २४ गते रिलिज गर्ने योजना छ ।

दुबईमै गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुनले फिल्म निर्माण गर्न लागेको घोषणा गरेका थिए । छायांकनमा नजाँदै फिल्मको अर्को निर्माताको रुपमा अष्ट्रेलियाबाट नयाँ निर्माता देव कार्की जोडिएका छन् ।

अष्ट्रेलियामा रिलिज अधिकार लिने सहमतिमा उनी निर्माताको रुपमा जोडिएका हुन् । निर्माता कार्कीले लामो समयदेखि अष्ट्रेलियामा नेपाली फिल्म वितरण गर्दै आइरहेका छन् । पछिल्लो समय अष्ट्रेलिया घरेलु फिल्मको ठूलो बजार पनि बनिरहेको छ । कबड्डी ४ र छक्कापञ्जा ४ ले आक्रामक कमाइ गरे ।

‘फाटेको जुत्ता खै’को शीर्ष भूमिकामा सौगात मल्ल र ऋचा शर्मा तय छन् । फिल्ममा आँचल शर्मा पनि जोडिने चर्चा छ । अघिल्लो भागलाई निर्देशन गरेका निकेश खड्काले दोस्रो भाग पनि निर्देशन गर्ने भएका छन् ।

त्यसैको सिलसिलामा फाटेको जुत्ता खै निर्माण हुन लागेको हो । फिल्ममा आकाश बरालको कथा र प्रवेश मलिकको संगीत हुनेछ । वैशाखमा नवलपरासी पूर्वदेखि फिल्म छायांकन गर्ने तयारी छ ।

सम्बन्धित खवर