मुस्ताङमा फिल्म ‘दुई कदम’को छायांकन, भदौमा प्रदर्शन तयारी - Crazysaptahik.com

मुस्ताङमा फिल्म ‘दुई कदम’को छायांकन, भदौमा प्रदर्शन तयारी

उदय सुब्बाको निर्देशनमा फिल्म ‘दुई कदम’को छायांकन हिमालपारिको जिल्ला मुस्ताङमा सुरु भएको छ । गतसातादेखि सुरु भएको छायांकन सेटबाट केही ताजा तस्वीर सार्वजनिक भएका छन् जसमा कलाकारहरु इओन लिम्बु र सिमोन गिरीलाई रोमान्टिक देख्न सकिन्छ ।

आगामी भदौ अन्त्यमा प्रदर्शन तयारीमा रहेको यो फिल्म प्रेमकथामा आधारित छ जसलाई दयाराम घिमिरेले लेखेका हुन् । मुस्ताङसहित पूर्वी नेपालका धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा फिल्मको छायांकन गर्ने तयारी छ ।

‘रफ्तारमा फिल्म सुटिङ भैरहेको छ’ निर्देशक सुब्बाले भने । फिल्मको लगानीकर्तामा तारादेवी लिम्बु छिन् । ब्यवसायी समेत रहेकी उनको यो पहिलो निर्माण हो ।  फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु समेत अभिनय हुने जनाइएको छ ।

विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको एक्सन कोरियोग्राफी र तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । गतवर्ष सुब्बा निर्देशित फिल्म ‘आकाशे खेती’ रिलिज भएको थियो । यो फिल्मको बजेट १ करोड ७० लाख रहेको छ ।

सम्बन्धित खवर