राजेशपायल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्‍भावना दूत नियुक्त - Crazysaptahik.com

राजेशपायल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्‍भावना दूत नियुक्त

गायक राजेशपायल राईलाई गृहजिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूत नियुक्त गरेको छ । राजेशपायल उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् ।

चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो । नगरप्रमुख तीर्थराज भट्टराईले ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा दूत नियुक्त गरिएको बताए ।

‘गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि दूतको रुपमा सक्रिय हुनुहुनेछ,’ मेयर भट्टराईले भने । राईको नियमित हुने देश विदेश भ्रमणले दिक्तेल नगरपालिकाको पहिचान अझै स्थापित हुने आशा लिइएको छ ।

नगरपालिकाको उक्त बैठकले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ तथा विज्ञ समूह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाहकार, २८ सदस्यीय समृद्ध नगर स्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।

प्रख्यात चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्षमा नगरपालिकामा अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जनाएका छन् ।

सम्बन्धित खवर