वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’ - Crazysaptahik.com

वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’

किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ ।निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए ।

‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’ फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यसैबिच, छायांकन अगाडि फिल्मको ओभरसिज राइट्स विक्री भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्मको मिडिल इष्ट देशहरुको अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको सम्पूर्ण अधिकार खरिद गरेको हो ।

नेप फिल्मका प्रमुख रमेश ढकालले मिडिल इष्ट देशमा फिल्मको प्रदर्शन अधिकार राम्रो रकममा खरिद गरेको निर्माताले बताए ।

निर्माता किरण नेपालीले छायांकन अगाडि नै फिल्मको ओभरसिज अधिकार विक्री गरिसक्ने योजना आफ्नो रहेको उनको धारणा रहेको छ ।

सम्बन्धित खवर