‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी - Crazysaptahik.com

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुयाएको छ ।

यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ । भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले आमिरलाई ‘धूम’को नयाँ श्रृंखला बनाउन प्रस्ताव राखेको छ ।

यसलाई उनले सकारात्मकरुपमा लिएका छन् र साहिर र समर पात्रलाई पर्दामा फिर्ता ल्याउन इच्छुक पनि छन् । सबै कुरा ठीकठाक रहे, ‘धूम ४’बाट आमिरको पुनरागमन हुनेछ । गत वर्ष रिलिज भएको ‘लालसिंह चड्ढा’पछि विश्राम लिएका आमिरले त्यसयताका फिल्म प्रस्तावलाई अस्वीकार गरिरहेका थिए ।

स्पेनिस फिल्म ‘क्याम्पियोन्स’को हिन्दी रिमेकमा अभिनय गर्न अन्तिम मिनेटमा अस्वीकार गरेका थिए । पत्रकार सम्मेलनमा आमिरले परिवारसँग समय बिताउनको लागि आफूले फिल्मबाट विश्राम लिएको बताएका थिए ।

लालसिंह चड्डालाई ‘शुभ मंगल ज्यादा सावधान’का निर्देशक आरएस प्रसन्नले निर्देशन गर्न तयारी थियो तर, आमिरले फिल्ममा अभिनय गर्नुको सट्टा निर्माण गर्ने काम रोजे । ‘पठान’को सफलतापछि यशराज ब्यानर जासूस युनिभर्सको फिल्म ‘टाइगर ३’ निर्माणको तयारी छ ।

यही मेसोमा निर्माता आदित्य चोपडाले आमिरलाई ‘धूम’को सिक्वेल बनाउन अनुरोध गरेका थिए । इटाइम्सको रिपोर्टका अनुसार आमिर खान पनि ‘धूम’को सिक्वेलमा आफ्नो क्यारेक्टर फिर्ता ल्याउन चाहन्छन् ।

‘धूम ३’, ‘गजनी’, ‘सरफरोश’ र ‘गुलाम’जस्ता फिल्ममा आमिरको एक्सन दृश्यले उनलाई धेरै साथ दिएको थियो । उनले दर्शकलाई एकै प्रकारको सामग्री प्रदान गर्न नचाहेको कारणले यसबाट ब्रेक लिएको बताइन्छ ।

तर, अब आमिर एक स्क्रिप्ट खोजिरहेका छन् जसले उनलाई थ्रिलिङ एक्शन गर्ने मौका दिनसक्छ ।

सम्बन्धित खवर