फ्रान्सेली राजा लुई पन्ध्रौंमा आधारित जोनी डीप स्टारर फिल्म कान्समा देखाइने - Crazysaptahik.com

फ्रान्सेली राजा लुई पन्ध्रौंमा आधारित जोनी डीप स्टारर फिल्म कान्समा देखाइने

हलिउड अभिनेता जोनी डीप अभिनित फ्रान्सेली ऐतिहासिक फिल्म ‘जन डु बेरी’ आगामी महिना हुने विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्ममा डीपले फ्रान्सेली राजा लुई पन्ध्रौंको भूमिका निर्वाह गरेका छन् ।

मे १६ मा कान्समा यो फिल्मको हाइप्रोफाइल प्रिमियर हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वपत्नी एम्बर हर्डसँगको मानहानी मुद्दा जितेपछि यो फिल्ममार्फत डीपको पुनरागमन हुन लागेको हो ।

फिल्मलाई अभिनेता तथा निर्देशक माइवेनले बनाएका हुन्, जसले कान्समा यसअघि प्रदर्शन भएका फिल्महरु पोलिस र मोन रोई पनि निर्देशन गरेका थिए । कान्समा प्रिमियर भएकै दिनमा यो फिल्म फ्रान्सका हलमा समेत प्रदर्शनमा आउने भएको छ ।

सन् २०२० मा बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्म ‘मिनामाता’पछि डीप अभिनित फिल्म कान्समा देखाइन लागिएको हो । त्यसयता अभिनेता डीप कानुनी झमेलामा फसेका थिए । सन् २०२१ को मार्चमा उनले सन अखबारसँगको मानहानीको मुद्दा हारेका थिए ।

सन अखबारले डीपलाई पत्नी कुट्ने व्यक्ति भन्दै समाचार लेखेको थियो । केही महिनाअघि एक अखबारको आर्टिकलमार्फत अभिनेत्री हर्डले डीपविरुद्ध घरेलु हिंसाबाट आफू पीडित भएको आरोप लगाएकी थिइन् ।

यसबारे परेको मुद्दामा अदालतले डीपलाई समर्थन गयो ।  डेपले हालै अमेजनका लागि रिहानाको सेभज एक्स फेन्टी फेसन शोमा देखिएका थिए । उनका म्यानेजरका अनुसार एम्बर हर्डले आर्टिकल लेखेपछि अभिनेता डीपले उनको चर्चित फिल्म ‘पाइरेट्स अफ द क्यारेबियन’ निर्माण कम्पनीसँग भएको २२.५ मिलियन डलरको सम्झौता गुमाए ।

यस वर्षको कान्समा मार्टिन स्कोरसिस निर्देशित प्रतीक्षित क्राइम ड्रामा ‘किलर्स अफ द फलावर मुन’ पनि प्रदर्शन हुँदैछ । यो फिल्ममा लियोनार्दो डिकाप्रियो र इन्डियाना जोन्सले अभिनय गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.