हिमालय लोकस्टारका अन्तिम आठजना घोषणा, को–को बाहिरिए ? - Crazysaptahik.com

हिमालय लोकस्टारका अन्तिम आठजना घोषणा, को–को बाहिरिए ?

हिमालय लोकस्टारका पछिल्ला एपिसोड निकै रोमाञ्चक बनिरहेका छन् । आगामी चरणमा प्रवेश गर्न प्रतिस्पर्धीबीच होड चलिरहेको छ । बुधबार बेलुका आठजना सेमिफाइनलिस्ट घोषणा भए जसले आगामी साताको एपिसोडमा फाइनल राउण्डमा जान प्रतिस्पर्धा गर्नेछन् ।

लोकमाया लिम्बु र पलबहादुर सिंह बुधबारको एपिसोडबाट बाहिरिएसँगै लोकस्टारले अन्तिम आठजना प्रतियोगी प्राप्त गरेको छ । अन्तिम आठमा बलराम विश्वकर्मा, विकास परियार, कमलराज जोशी, किरण बीसी, पवित्रा मगर, पीएन साइँला, राजेन्द्र घर्ती मगर र सन्तोष क्षेत्री छानिएका छन् ।

निर्देशक सिमोस सुनुवारले आगामी साता हुने प्रतिस्पर्धाबाट अन्तिम पाँचजना फाइनलिस्ट घोषणा हुने बताए । ‘फाइनलिस्ट अर्को साता तय हुन्छ’ सुनुवारले अनलाइनखबरसँग भने । आउँदो साताको एपिसोडलाई ‘ट्रिब्यूट राउण्ड विशेष’ बनाइने भएको छ । अग्रज कलाकारका चर्चित गीतमार्फत प्रतिस्पर्धीले क्षमता प्रस्तुत गर्नेछन् ।

बैशाख १३ गते लोकस्टारले विजेता प्राप्त गर्नेछ । निर्देशक सुुनवारले त्यसपछि बैशाख २० गतेदेखि छायांकन तयारीमा रहेको हिमालय टिभी एचडीकै अर्को एड्भेन्चर शो ‘हिमालय रोडिज’को छायांकनमा ब्यस्त हुनेछन् ।

यसबाहेक उनी फिचर फिल्म ‘हात्तीछाप’मा ब्यस्त हुनेछन् भने भदौदेखि भुवन केसीसँगको फिल्म ‘पारस’ सुटिङ जाने तयारी छ ।हिमालय लोकस्टार प्रत्येक मंगलबार र बुधबार राती ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर