‘हात्तीछाप’मा जोडिए विल्सनविक्रम राई, लाहुरेको भूमिकामा देखिने - Crazysaptahik.com

‘हात्तीछाप’मा जोडिए विल्सनविक्रम राई, लाहुरेको भूमिकामा देखिने

फिल्म ‘हात्तीछाप’को शीर्षमध्येको एक भूमिकामा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन् । निर्माता किरण नेपाली र अभिनेता राईबीच विहिबार लिखित सम्झौता भएको छ । फिल्ममा विल्सनले लाहुरेको भूमिकामा अभिनय गर्नेछन् ।

विल्सनसम्म आइपुग्दा फिल्मको लाइनअप बलियो देखिएको छ । निर्माता नेपालीले बैशाख अन्त्यदेखि फिल्म छायांकन सुरु हुने जानकारी दिए । दयाहाङ राई ‘नांगो गाउँ’मा ब्यस्त भएकाले ‘हात्तीछाप’ले बैशाख अन्त्यलाई छायांकन मितिको रुपमा तय गरेको हो ।

यसवर्ष विल्सन अभिनित ‘आकाशे खेती’ र ‘हेलो जिन्दगी’ रिलिज भएका थिए । ‘कबड्डी ३’ पछिल्लो समयको उनको ब्लकबस्टर फिल्म हो । ‘हात्तीछाप’को कुरा गर्दा यसमा दयाहाङ र विल्सनसहित सौगात मल्ल, बुद्धि तामाङ, पुष्कर गुरुङ, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे लगायतको अभिनय हुनेछ ।

सिमोस सुनुवारले निर्देशन गर्ने हात्तीछापलाई प्रदीप भारद्धाजले लेखेका हुन् । कथाको सारांशबारे भारद्वाजले भने, ‘हात्तीछाप हिङ नभए पनि हिङ बाँधेको टालोको प्रवृत्तिको कथा हो यो । मान्छेसँगै सबै कुरा सकिए पनि ऊ सँग अझै अक्कड बाँकी छ ।’

सम्बन्धित खवर