अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन सुरु - Crazysaptahik.com

अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन सुरु

अभिनेता पल शाह एकवर्षपछि औपचारिक रुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् ।

एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए । रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् ।

‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । ‘रिहा भएपछि पहिलो सुटिङ हो’ पल निकट संगीतकर्मी योगेशकाजीले भने । छायांकनको हिसाबले यो पहिलो म्युजिक भिडियो भएपनि युट्युवमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी प¥यो’को फिमेल भर्सन पहिलो हुनेछ ।

पलले हालै रुकुम महोत्सवको क्रममा गतवर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए । निर्माण कम्पनी केन्द्र मोसनसँग पलले यसअघि केही हिट गीतहरुमा सहकार्य गरेका छन् ।

सम्बन्धित खवर