ज्याकलिनलाई जेलबाट सुकेशको पत्र : तिमीलाई नसोचेको पल छैन - Crazysaptahik.com

ज्याकलिनलाई जेलबाट सुकेशको पत्र : तिमीलाई नसोचेको पल छैन

सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इस्टरको शुभकामना दिएका छन् । पत्रमा उनी लेख्छन्, ‘जब टिभीमा विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । त्यसपछि मात्र तिम्रो बारेमा सोच्छु ।

तिमी कति सुन्दर छौ थाहा छैन । यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन । मेरो खरायो, मेरो बच्चा, म तिमीलाई धेरै माया गर्छु ।’ २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेशका वकिल अनन्त मलिकले यस्तो पत्र जारी गरेका हुन् ।

यसमा उनले लेखेका छन्, ‘इस्टरको अवसरमा म तिमीलाई धेरै मिस गर्दैछु । मलाई याद छ कि इस्टरको समयमा कसरी तिमी बच्चाले जस्तै अण्डा फोड्थ्यौ र त्यसमा क्यान्डिज मिसाउँथ्यौ । यो तिमीलाई मनपर्नेमध्येको एक पर्व हो ।

म आशा गर्छु कि अर्को इस्टर तिमीसँगै मनाउनेछु ।’ सुकेशले आफ्नो पत्रमा लेखेका छन्, ‘मैले तिम्रो बारेमा नसोचेको कुनै पल छैन । मलाई थाहा छ तिमी पनि मेरो बारेमा यस्तै महसुस गर्छ्यौ । तिम्रो यो सुन्दर मनमा के छ मलाई राम्ररी थाहा छ ।

भर्खरै मैले ‘तुम मिले दिल खिले’ गीत सुनिरहेको थिएँ । यो गीत सुनेपछि तिम्रो याद आयो । सुकेशले यहाँ सन् १९९४ मा आएको फिल्म क्रिमिनलको चर्चित गीतको कुरा गर्दै थिए । सुकेशले यसअघि गत मार्च २५ मा ज्याकलिनको जन्मदिनको अवसरमा चिठी लेखेका थिए ।

उक्त चिठ्ठीमा उनले लेखेका थिए, ‘मेरी बेबी ज्याकलिन, मेरी बोम्मा, मैले तिम्रो जन्मदिनमा तिमीलाई धेरै मिस गरें । मैले मेरो वरिपरि तिम्रो ऊर्जालाई मिस गरें । मसँग भन्नका लागि केही शब्द छैन तर मलाई थाहा छ कि मेरो लागि तिम्रो माया कहिल्यै समाप्त हुनेछैन ।

मलाई कुनै प्रमाण चाहिंदैन, मेरो लागि यति नै पर्याप्त छ बेबी ।’ गत वर्ष, ईडीले सुकेश चन्द्रशेखर र अन्यविरुद्ध २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा चार्जशीट दायर गरेको थियो ।

सुकेशले तिहाड जेलमा सजाय काटिरहेका बेला व्यापारीकी श्रीमतीसँग पैसा असुलेको आरोप छ । यस मामिलामा ईडीले ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई साक्षीको रूपमा दर्ता गरेको थियो । अनुसन्धान एजेन्सीले उनीहरूलाई बारम्बार सोधपुछको लागि बोलाइरहेको छ ।

ज्याकलिन१८ जनवरी २०२३ मा दिल्लीको पटियाला हाउस कोर्ट पुगेकी थिइन् । त्यस क्रममा उनले अदालतमा सुकेशले आफ्नो भावनासँग खेलवाड गरेको बताएकी थिइन् । ज्याकलिनले अदालतमा भनेकी थिइन्, ‘सुकेशले मलाई उनी मेरो ठूलो फ्यान भएको बताएका थिए । त्यसपछि उनले मलाई दक्षिण भारतमा पनि फिल्म गर्ने बताए ।’

ज्याकलिनले थप भनिन्, ‘सन टिभीको मालिकको हैसियतमा उनीसँग धेरै प्रोजेक्ट थिए । त्यसपछि उनले मलाई साउथ फिल्ममा सँगै काम गर्ने बताए । मलाई धोका दिए ।

मेरो करिअर र मेरो जीवन दुवै बर्बाद पायो ।’ यद्यपि सुकेश भन्छन् कि उनी र ज्याकलिन निकै गहिरो सम्बन्धमा थिए र चाँडै विवाह गर्न लागेका थिए ।

सम्बन्धित खवर