फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु - Crazysaptahik.com

फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु

आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट विक्री सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएका हुन् । बिग मूभिजले फिल्मलाई ६ शोज दिएको छ ।

हलको प्रारम्भिक शोज संख्यामा सोही दिन प्रदर्शन हुन लागेका अन्य तीन फिल्मभन्दा जारीको शोज संख्या उच्च छ । बिग मूभिजका व्यवस्थापक दिपेश शर्माले जारीको हाइप र ब्राण्डको कारणले पनि शोज संख्या अन्यभन्दा धेरै दिइएको बताए ।

निर्माता रामबाबु गुरुङले क्रमशः अन्य हलले पनि बुकिङ खुलाउने जानकारी दिए । ‘कबड्डी’ फिल्म निर्माण कम्पनी बाँसुरी फिल्मसको प्रोजेक्ट भएकाले पनि दर्शकमाझ जारीलाई लिएर पर्खाइ छ ।

दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । फिल्मले पूर्वी नेपालको लिम्बु समुदायमा रहेको जारीप्रथा र विवाह संस्कृतिको कथा पेश गर्छ । नयाँवर्षको दिनमा बैशाख १ गते बिहेपास, बुलाकी र नाइँ नभन्नू ल ६ पनि प्रदर्शन तयारीमा छन् ।

सम्बन्धित खवर