प्रियंका चोपडा स्टारर ‘सिटाडेल’ अहिलेसम्मकै दोस्रो महंगो सिरिज - Crazysaptahik.com

प्रियंका चोपडा स्टारर ‘सिटाडेल’ अहिलेसम्मकै दोस्रो महंगो सिरिज

अमेजन स्टुडियोले प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर ‘सिटाडेल’ बनाउन यतिबेला पैसाको खोलो बगाइरहेको छ । यो निकै महंगो जासूस–थ्रिलर शो रिलिज त भइसकेको छैन तर यसको चर्चा विश्वव्यापी छ ।

सिरिजको निर्माणमा ३०० मिलियन डलर (२५ सय करोड भारु) खर्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘द लर्ड अफ द रिङ्स : द रिङ्स अफ पावर’ यो शो अहिलेसम्मकै दोस्रो महंगो सिरिज भएको जनाइएको छ ।

थ्रिलर सिरिजका केही दृश्य पुनः छायांकन गर्नुपर्ने भएकाले बजेट नियन्त्रण बाहिर गएको हो । सन् २०२१ को डिसेम्बरमा जोए रुसो निर्देशकको रुपमा जोडिएपछि यो सिरिजको विश्वव्यापी चर्चा चुलियो ।

उनी यसमा जोडिएसँगै धेरै दृश्य पुनः छायांकन गर्नुपर्ने भएकाले निर्माण खर्च आकाशिएको बताइएको छ ।रुसोले पुनः छायांकन गर्नुपर्ने भन्दै निर्माणमा हस्तक्षेप गरेका थिए । रुसो मार्वल फिल्म क्याप्टेन अमेरिका : विन्टर सोल्जर, क्याप्टेन अमेरिका : सिभिल वार, एभेन्जर्स : एण्डगेमजस्ता फिल्म निर्देशनले चर्चामा छन् ।

एण्डगेमले त नेपाली बक्स अफिमा कीर्तिमानी कमाइ गरेको थियो ।अमेजनले यसअघि एक घण्टा लामा आठ वटा एपिसोड बनाउने योजना बनाएको थियो तर निर्णय परिवर्तन गर्दै ४० मिनेट लामो ६ वटा एपिसोड बनाउने निधो गयो । जोए र एन्थोनी रुसोले निर्माण गरेको ‘सिटाडेल’ अप्रिल २८ मा रिलिज हुँदैछ ।

सम्बन्धित खवर