‘बहाव’ हेर्न हलमा पुगे एमाले नेता भट्टराई र गैरे - Crazysaptahik.com

‘बहाव’ हेर्न हलमा पुगे एमाले नेता भट्टराई र गैरे

प्रदर्शन भइरहेको फिल्म ‘बहाव’ हेर्न नेकपा एमालेका नेताहरु हलमा पुगेका छन् । एमाले सचिव योगेश भट्टराई, सांसद ठाकुर गैरेलगायत फिल्म हेर्न ललितपुर पुल्चोकस्थित लबिम मलमा पुगेका हुन् । उनीहरुसहित केही पत्रकारले पनि फिल्म हेरेका थिए ।

फिल्म हेरेपछि भट्टराईले यसमा युवाको प्रयत्न बलियो रहेको बताए । ‘फिल्म राम्रो छ । कलाकार सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रको सशक्त कलाकार हुनुहुन्छ । उहाँको यो फिल्ममा पनि सशक्त अभिनय रहेको छ र यसले हाम्रो नेपाली समाजका विविध आयम र घटनाक्रमहरुलाई उद्घाटित गरेको छ,’ उनले भने ।

फिल्मले सामाजिक विभेदलाई बदल्नुपर्छ भन्ने सन्देश दिइएको उनले बताए । ‘महिलाको हकमा यो फिल्म क्रान्तिको प्रतीक छ । समाजमा जातीय विभेद छ । महिला र पुरुषलाई हेर्ने दृष्टिकोण सम्बन्धी विभेद छन् ।

यसले एउटा भद्र अवज्ञा गरेको छ,’ उनले भने, ‘सुरक्षा पन्तजीले त भद्र अवज्ञा गर्नुभएको छ । त्यसलाई पनि क्रान्ति भनिन्छ ।’ फिल्ममा सुरक्षा र कमलमणि नेपालले बाबुछोरीको भूमिका निर्वाह गरेका छन् । श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।

सम्बन्धित खवर