निश्चल बस्नेतले घोषणा गरे फिल्म ‘दिमाग खराब’, तिहारमा प्रदर्शन हुने - Crazysaptahik.com

निश्चल बस्नेतले घोषणा गरे फिल्म ‘दिमाग खराब’, तिहारमा प्रदर्शन हुने

निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् ।

जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल ड्रामा फिल्मको कलाकार भने तय भइसकेका छैनन् । आकाश बरालको पटकथा रहेको फिल्मको स्क्रिप्ट डाक्टरको रुपमा निर्देशक मनोज पण्डित अनुबन्धित भएका छन् ।

पण्डितले यो फिल्म निर्देशक निश्चल बस्नेतको लागि ‘लुटपछिकै कमब्याक’ हुने बताए । ‘यसपटक सामान्य मान्छेको दृष्टिकोणबाट कथा भनिनेछ ।

दिमाग खराबले सबै नेपालीको आजको मनोविज्ञानको प्रतिनिधित्व गर्छ किनभने आज नेपालीहरुको दिमाग खराब भइरहेको छ । यो समकालीन फिल्म हो,’ उनले भने ।निर्देशक बस्नेत निर्देशित ‘लुट’ २०६९ र ‘लुट २’ २०७४ सालमा रिलिज भएका थिए ।

सम्बन्धित खवर