कृष्ण मल्लले ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ पदक नलिने - Crazysaptahik.com

कृष्ण मल्लले ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ पदक नलिने

अभिनेता कृष्ण मल्लले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिएको पदक नलिने भएका छन् । शीतल निवासमा पदक वितरण भइरहेकै समयमा फेसबुकमा स्टाटस लेख्दै मल्लले आफूलाई प्रदान गर्ने भनिएको ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ स्वीकार नगर्ने बताएका हुन् ।

पदक नलिने घोषणा गरेपछि अभिनेता मल्लसँग जिज्ञासा राखेको थियो । आफूलाई सुरुमा सुकीर्तिमय पदक दिने भनिएपनि नाम निस्कँदा कीर्तिमय पदक दिने भनिएपछि आफूले अस्वीकार गरेको मल्लले बताए ।

‘तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले नै फोन गदै सुकीर्तिमय पदक दिने बताउनुभएको थियो । मैले हुन्छ भनेको थिएँ तर नाम निस्कँदा कीर्तिमय भनेर आयो ।

अनि गृहसचिवलाई फोन गरेर पदक नलिने निर्णय गरें,’ मल्लले भने ।राजेश हमाल, दीपकराज गिरीसहित अन्य ४५ जना कलाकारले राष्ट्रपतिबाट विभूषण लिएका छन् ।

सम्बन्धित खवर