कम शो पाएको ‘बुलाकी’को सुखद व्यापार, सकारात्मक प्रतिक्रिया - Crazysaptahik.com

कम शो पाएको ‘बुलाकी’को सुखद व्यापार, सकारात्मक प्रतिक्रिया

 

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘बुलाकी’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । यो फिल्मलाई मल्टिप्लेक्सले निकै नै कम शो उपलब्ध गराएका छन् । ‘जारी र बिहे पास’को तुलानामा कम शो पाएको फिल्मले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

शुक्रबार यो फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ । बिहानी शोमा फिल्मको व्यापार औषत भएपनि दिउँसोबाट भने दर्शकको अकुपेन्सी उच्च थियो । नेपालगञ्जमा यो फिल्मले क्यूएफएक्समा एक शो मात्र पाएको थियो, जुन शोमा दर्शकको शत प्रतिशत अकुपेन्सी रह्यो ।

फिल्म हेर्न नेपालगञ्जको हलमा पुगेका सयभन्दा बढी दर्शक फर्किएको कलाकार तथा निर्माता विराज बिष्टले जानकारी दिए । काठमाडौंका मल्टिप्लेक्समा पनि फिल्म हेर्न आउने दर्शकको संख्या सुखद थियो ।

क्यूएफएक्स चेन अन्र्तगतको सिभिल, लाबिम, छाया सेन्टर, भक्तपुर लगायतका हलका दर्शकको अकुपेन्सी सुखद देखियो । निर्माता तथा कलाकार बिष्टले कम शो पाएर आफूहरु पीडित भएपनि दर्शकको साथ पाएको बताएका छन् ।

अभिनेत्री सुरक्षा पन्तले पनि फिल्म हेर्न हलसम्म दर्शक बाक्लो रुपमा पुगेपछि धन्यवाद दिएकी छिन् । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यो फिल्मले कर्णालीको कथा भन्छ ।

कर्णालीका एक दम्पतिको कथालाई फिल्मले मार्मिक रुपमा भनेको छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्टको मुख्य भूमिका छ ।निर्देशक सुनारले भने– ‘बुलाकी’को शुक्रबारको व्यापारले हामीलाई उत्साहित बनाएको छ ।

शो नै निकै कम हुँदा दर्शकले फिल्म हेर्न पाउनुभएन, यसका लागि हामी क्षमा माग्न चाहन्छौं । तर, पाएको सबै शोमा दर्शकको उच्च अकुपेन्सीले हर्षित भएका छौं ।’

सम्बन्धित खवर