सीमा संरक्षणको सन्देश बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक - Crazysaptahik.com

सीमा संरक्षणको सन्देश बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

सीमा संरक्षणको सन्देश दिने कथावस्तु बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित शीर्ष कलाकारको अभिनय छ ।

नयाँवर्षको अवसरमा सार्वजनिक गीतले राष्ट्रिय हितको पक्षमा उभिन आह्वान समेत गर्छ । गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवि शाह समेत फिचर्ड छन् ।

गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने संगीत मणी थापाले दिएका छन् ।शब्द रचना मिलन कान्छा किराँतीले लेखेका छन् । फिल्मको कथा अभिनेता तथा निर्माता समेत रहेका खड्काले लेखेका हुन् ।

कार्यकारी निर्मातामा गायिका समेत रहेकी सत्यकला राई छिन् । माकिको राई र अन्जु केसी निर्माताको रुपमा छन् । प्रदर्शन मिति भने घोषणा भएको छैन ।

सम्बन्धित खवर