‘केजीएफ ३’ बन्ने, आगामी वर्षदेखि छायांकन हुने - Crazysaptahik.com

‘केजीएफ ३’ बन्ने, आगामी वर्षदेखि छायांकन हुने

केजीएफ फ्रेन्चाइजी भारत मात्र नभएर नेपालमा समेत उत्तिकै रुचाइएको फिल्म हो । यसका अघिल्ला दुवै शृंखलाले नेपाली बक्स अफिसमा समेत उधुम कमाइ गरे । फ्यानहरु तेस्रो श्रृंखलालाई लिएर अधैर्य छन् ।

गत वर्ष रिलिज भएको दोस्रो अध्यायले विश्व बक्सअफिसमा हजार करोड भारु कमायो ।त्यसयता यो भारतीय फिल्ममा परिवर्तनकारी घटना बनिसकेको छ । केजीएफ च्याप्टर दुई रिलिज भएको एक वर्ष पूरा भएको छ र निर्माण कम्पनी हमबेल पिक्चर्सले तेस्रो श्रृंखला बनाउने संकेत गरेको छ ।

आउँदो वर्षदेखि सम्भवतः यो फिल्मको सुटिङ सुरु हुने जनाइएको छ । निर्माण कम्पनीको हालैको एक भिडियोको क्याप्सन छ, ‘सबैभन्दा शक्तिशाली व्यक्तिले राखेको सबैभन्दा शक्तिशाली प्रतिबद्धता भाइरल भइरहेको छ र सबै राम्रो कारणका लागि ।’

नयाँ अपडेटले केजीएफ ३ सुरु भएको संकेत मिल्छ । भिडियोमा लेखिएको छ, ‘केजीएफ २ ले हामीलाई चरित्रको बृहत र अविस्मरणीय यात्रामा पुयायो । विश्वव्यापी रेकर्ड तोड्न र मन जित्न यसले भूमिका खेल्यो ।

अब आगामी वर्ष उत्कृष्ट कथावाचनको वर्ष हुनेछ ।’ निर्देशक प्रशान्त नीलले पनि सन् २०२५ मा फिल्म प्रदर्शन हुने बताइसकेका छन् । तर यशले चाहिं केजीएफ २ पछि फिल्मलाई औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् ।

उनी पछिल्लो समय आफ्ना व्यक्तिगत काममा बढी केन्द्रित छन् । केजीएफ २ प्रदर्शन भएको वर्षगाँठमा यो महिनादेखि यशको नयाँ फिल्मको निर्माण पनि सुरु हुँदैछ ।

निर्देशक नील चाहिं ‘सालार’मा व्यस्त छन्, जसमा प्रभास, श्रुति हसन र सुकुमारन शीर्ष भूमिकामा देखिनेछन् । सालार चाहिं यो वर्षको अन्त्यबाट छायांकन हुने जनाइएको छ ।

सम्बन्धित खवर