ब्ल्याकपिंक बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिने ब्याण्ड - Crazysaptahik.com

ब्ल्याकपिंक बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिने ब्याण्ड

दक्षिण कोरियाली गर्ल्स पपब्याण्ड ‘ब्ल्याकपिंक’ले युट्युबमा सर्वाधिक हेरिने कलाकारको विश्व कीर्तिमान राखेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गायक जस्टिन बिबरको रेकर्डलाई उछिन्दै ब्ल्याकपिंकले विश्व रेकर्ड रचेको हो ।

सन् २०१६ मा स्थापना भएको ब्याण्डलाई अहिलेसम्म युट्युबमा ३०.१ बिलियन पटक हेरिएको छ । १३ वर्षपछि जस्टिन बिबरको कीर्तिमान तोडिएको हो । जेनी, रोजे, लिसा र जिसु सदस्यहरू मिलेर बनेको यो ब्याण्डले युट्युबमा ८६.४ मिलियन सब्सक्राइबरसहित ‘धेरै सदस्यता लिने आधिकारिक युट्युब च्यानल’को अर्को रेकर्ड पनि राखेको छ ।

बीटीएसको युटयुब च्यानलमा ७४.२ मिलियन सब्सक्राइबर छन् भने जस्टिन बिबरको च्यानलमा ७१.२ मिलियन छन् ।

ब्ल्याकपिंकको डेब्यु सूचीमा धेरै गीत पनि समावेश छन्, जसमा तेस्रोमा ‘पिंक भेनम’, चौथोमा ‘हाउ यु लाइक द्याट’, पाँचौंमा ‘आइसक्रिम’ र सातौंमा लिसाको ‘लालिसा’ समावेश छ ।गत सेप्टेम्बर २०२२ मा ब्याण्डले आफ्नो दोस्रो प्रतीक्षित एल्बम ‘बर्नपिंक’ रिलिज गरेको थियो ।

सम्बन्धित खवर