मुक्तिनाथमा सलोन र केकीको दृश्य खिच्दै सकियो ‘जय हो’ छायांकन - Crazysaptahik.com

मुक्तिनाथमा सलोन र केकीको दृश्य खिच्दै सकियो ‘जय हो’ छायांकन

फिल्म ‘जय हो’बाट सलोन बस्नेत र केकी अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । फिल्म छायांकन समापनसँगै निर्माताले सेटबाट ताजा तस्वीर बाहिर ल्याएका हुन् । तस्वीरमा केकी र सलोनलाई मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्दै गरेको मुडमा देख्न सकिन्छ ।

फिल्ममा यी दुई कलाकारले जोडीको भूमिका निर्वाह गरेका छ्न । मुस्ताङको प्रसिद्ध धार्मिक शक्तिपीठ मुक्तिनाथमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन टुंगिएको छ ।

फिल्मलाई मुस्ताङ र कास्कीका विभिन्न रमणीय लोकेसनमा छायांकन गरिएको छ ।टेक पौरखी राई निर्देशित फिल्ममा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपाशाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ ।

कमेडी एक्सन र प्रेमकथामा आधारित फिल्मलाई आगामी भदौ ८ गते प्रदर्शन गरिने प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिए ।सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

सम्बन्धित खवर